नियम ८
दरखास्त उपर जाँचबुझ
(१) नियम ७ बमोजिम महसुल र अन्य दस्तुर निर्धारणको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले दरखास्त दिएपछि दरखास्त साथ पेश गर्नु पर्ने आवश्यक कागजात, विवरण वा प्रतिवेदन पेश गरे नगरेको सम्बन्धमा आयोगले आवश्यक जा“चबूझ गर्नेछ ।
(२) उपनियम (१) बमोजिम जा“चबूझ गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिले दरखास्त साथ पेश गर्नु पर्ने कुनै कागजात, विवरण वा प्रतिवेदन पेश गरेको रहेनछ भने त्यस्तो कागजात, विवरण वा प्रतिवेदन पेश गर्न आयोगले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई मनासिव म्याद तोकी दरखास्त दर्ता भएको मितिले ३५ दिन भित्र सो कुराको सूचना दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै कागजात, विवरण वा प्रतिवेदन पेश गर्न आयोगले म्याद तोकी सूचना दिएकोमा जुन मितिमा त्यस्तो कागजात प्राप्त हुन आउ“छ सोही मितिलाई नै दरखास्त परेको मिति मानिनेछ ।